सभासद मिलेस राईद्वारा मिरिक डुप्टिनमा जल परियोजनाको शिलान्यास

IMG-20230527-WA0203.jpg

मिरिक: मिरिकको डुप्टिनमा आज हर घर जल परियोजना कार्यको शिलान्यास थर्बु डप्टिन समष्टिका सभासद मिलेस राईले गरे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा डुप्टिन शाखा अध्यक्ष ओमकार सुब्बा लगायत स्थानीय मानिसहरू उपस्थित थिए। यस कार्यक्रममा शिलान्यास गरिएको जल परियोजनाले यहाँको डुप्टिनटार, सिलु गाउँ, अधिकारी गाउँ, मोक्तान गाउँ, गैरी गाउँ, ठटाल गाउँ अनि मरमा सिमाना गाँउका मानिसहरूलाई लाभ पुग्ने बताइएको छ। सभासद मिलेस राईले यस शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भने, आम मानिसलाई पानी उपलब्ध गराँउने उद्देश्यले सरकारले हर घर जल परियोजना शुरू गरेको छ, जसको शिलान्यास आज शनिवार डुष्टिनमा गरिएको हो। यो शिलान्यास गरिएको जल परियोजनाको कार्य अब चाँडै शुरू गरिनेछ। सरकारले जनताको लागि बनाएको यो योजनामार्फत सबै जनाले पिउने पानीको उपभोग गर्न पाउने छन्। तर सरकारले प्रदान गरेको जल परियोजनालाई राम्रोसित संरक्षण र हेरचार गर्ने दायित्व जनताको पनि हो। तिनले पानीको योजनाको कार्य गुणस्तरीय हुनपर्ने विषयमा जोर दिँदै यसको कार्य हेर्नका लागि अघिबाट नै जीटीए प्रमुख अनित थापाले संरक्षण कमिटी प्रत्येक ठाँउमा गठन गर्ने निर्देश दिएका छन् अनि डुप्टिनमा पनि कमिटी गठन गरेर पानीको कार्यलाई निगरानी गर्ने आह्वान गरे। तिनले डुप्टिन कृषि अनि वागवानीको लागि उपयुक्त स्थान रहेको अनि पानीको कार्य समाप्त भएपछि यहाँका कृषकहरूलाई पनि यसले लाभ पुग्ने बताए।

About Author

Advertisement