गान्तोकः सिक्किम राज्यमा पञ्चायत चुनाउ भएको छ महिना नबित्दै निर्वाचित जिल्ला पञ्चायत अध्यक्ष विरुद्ध असन्तुष्टि सार्वजनिक व्यक्त गरिएको छ। यो असन्तुष्टि गेजिङ जिल्ला पञ्चायत अध्यक्ष डीएस लिम्बू विरुद्ध उठेको हो जसलाई फेरबदल गर्न माग गरिएको छ। गेजिङ जिल्लाकी जिल्ला पञ्चायत उपाध्यक्ष अनिता राईसहित कुल १७ जना जिल्ला पञ्चायत सदस्यहरूले हस्ताक्षर गरेर जिल्ला अध्यक्ष डीएस लिम्बूलाई अध्यक्षको पदबाट हटाउने माग गरेका छन्। यस सम्बन्धमा सबै सदस्यहरूद्वारा जिल्ला पञ्चायत सचिवलाई लेखेको पत्र सोशल मिडियामा सार्वजनिक भएको छ। यो पत्रमा सिक्किम पञ्चायत अधिनियमको धारा ६४ अन्तर्गत जिल्ला अध्यक्ष फेरबदल गर्न आवेदन गरिएको छ जसमा आवश्यक परेको खण्डमा अविश्वासको प्रस्ताव पनि ल्याउन सकिने कुरा उल्लेख छ।
जानकारी गराइन्छ, गेजिङ जिल्ला पञ्चायत अध्यक्षको पद अनुसूचित जनजाति वर्गको पक्षमा आरक्षित छ भने यसै आरक्षण प्रणाली अन्तर्गत जिल्ला अध्यक्ष चुनिएका डीएस लिम्बूको कार्यप्रणाली सन्तोषजनक नरहेका कारण पदमा फेरबदल गर्न आवश्यक रहेको केही निर्वाचित जिल्ला पञ्चायत सदस्यहरूले जानकारी दिएका छन्।
-हिस









