तीन दिवसीय तामाङ डम्फु सेलो व्हाई कार्यशाला आरम्भ

26eecdbd-83b3-442a-b4ae-5c156bc05e21

कालचिनीः लोक सङ्गीत अनि नाटक स्कूलको आयोजना एवम् आर्ट अफ लिभिङ वाईएलटीपी र युगान्तर परिवारको सहयोगितामा शुक्रबारदेखि तीन दिवसीय तामाङ डम्फु सेलो व्हाई कार्यशाला आरम्भ भएको जानकारी आयोजक कमिटीको पक्षबाट रामकुमार लामाले दिएका छन्। कालचिनी खण्डको भाटपाड़ा चियाबारीस्थित झ्याङछुब छ्योई फेलिङ गुम्बा परिसरमा आजदेखि सो कार्याशालाको उद्घाटन कालेबुङबाट आइपुगेका वरिष्ठ तामाङ भाषाविद तथा लेखक एचके काल्देनले गरेको थियो। सो अवसरमा अन्यान्य विशिष्ट अतिथिहरूमा भूतपूर्व बीएसएफ कमान्डेन्ट शरण लामा, भाटपाड़ा हिन्दी जुनियर हाइस्कूलका प्रधानाध्यापक रकी लामा, गुम्बा कमिटीका सभापति बादल पाखरीन, कालचिनीका विशिष्ट डम्फुरे आङी पासाङ डोल्मा लामा एवम् अन्यान्यको उपस्थिति रहेको थियो।


डम्फुरे आङी पासाङ डोल्मा लामाले उपस्थित डम्फु सेलो व्हाई सिख्न आएकाहरूलाई डम्फु व्हाईको प्रशिक्षण दिन शुरु गरेकी छन् भने आगामी आइतबार यस प्रशिक्षणको समापन हुने आयोजक कमिटीको पक्षबाट रामकुमार लामाले जनाएका छन्। मूलतः तामाङ जातिको एक प्रसिद्ध सांस्कृतिक अनि साङ्गेतिक महत्त्व बोकेको डम्फु सेलो व्हाईको संरक्षण अनि सम्वर्द्धना गर्नलाई नै यो कार्यशालाको आयोजना गर्दै आइरहेको र यसभन्दा अघि पनि राजाभातखावामा गरिएको र यसको निम्ति तामाङ एक्सपर्टहरू झिकाएर अझै विस्तृत कार्यशालाको आयोजना भविष्यमा गर्ने योजना रहेको रामकुमार लामाले थप जनाएका छन्।

About Author

Advertisement