विद्या भारतीका पदाधिकारीहरूद्वारा हिमाली विद्या निकेतनको भ्रमण

stds_646

गान्तोकः विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा र विद्या भारतीको वैदिक गणितका अखिल भारतीय उप-संयोजक प्रसन्नकुमार साहुले हिज दार्जीलिङको लङ्गुरदाङमा विद्या भारतीद्वारा सञ्चालित हिमाली विद्या निकेतनको भ्रमण गरे। यस भ्रमण अवधि वैदिक गणितका अखिल भारतीय उप-संयोजक साहुले विद्यार्थीहरूलाई वैदिक गणितबारे प्रशिक्षित गराए भने शिक्षकहरूलाई नयॉं शिक्षण प्रणालीबारेमा बताइयो। भ्रमण टोलीले एसएमसी र शिक्षकहरूसॅंग बैठक पनि गरेको बताइएको छ।

यसैगरी, विद्या भारतीद्वारा दक्षिण सिक्किमको मलबासेमा सञ्चालित सरस्वती विद्या निकेतनलाई विद्या भारती सिक्किमका उपाध्यक्ष प्रदीप अग्रवाल एवम् परिवारले पंखा प्रदान गरेका छन्। गर्मीका कारण विद्यार्थीहरूलाई समस्या नहोस भनेर पंखा प्रदान गरिएको बताइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement