सिलगढी: सिलगढी जिमखाना क्लब पिकलबल टोली २७ र २८ मईमा हुने राष्ट्रिय पिकलबल च्याम्पियनसिपमा भाग लिन सिक्किम पुगेका छन्। यस च्याम्पियनशिपमा आयोजक टोली र नेपाललगायत १८ राज्यका करिब १४० जना खेलाडीहरू छन्। धेरै अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू सिक्किमको पाक्योङ पुगिसकेका छन्। सिलगढी जिमखाना क्लबले पहिलो पटक पश्चिम बङ्गालको प्रतिनिधित्व गरिरहेको छ। पिकलबल खेल विश्वमा सबैभन्दा छिटो बढ्दै गइरहेको खेल हो, र छिट्टै यसलाई ओलम्पिकमा पनि समावेश गरिने भएको छ। प्रशिक्षण सहितको यो खेलकुद सुविधा सम्पूर्ण पश्चिम बङ्गालको सिलगढी जिमखाना क्लबमा मात्र उपलब्ध छ। टोलीमा रोशनकान्त घिसिङ, दावा वाङ्गेल लामा, छिरिङ डुक्पा र अश्विनकान्त घिसिङ रहेका छन्। क्लबका सम्पूर्ण सदस्यहरूले उनीहरूको सफलताको कामना गरेका छन्। सिलगढी जिमखाना क्लबको लागि एसके समद वरिष्ठ टेनिस प्रशिक्षक रहेका छन्l