राजमार्ग १० मा गाड़ी दुर्घटनाग्रस्त

IMG-20230525-WA0107.jpg

टिस्टा रंगीत रेस्क्यु टिमद्वारा घाइतेहरुलाई तत्कालै लगे अस्पताल

टिस्टा: राजमार्ग १० को ११ माईलमा हिज राती पर्यटक बोकेको गाडी दुर्घटनाग्रस्त भएर धेरैजना पर्यटकहरु घाईते बनेका थिए। घटना हुनसाथ टिस्टा रंगीत रेस्क्यु टिम राती ११ बजेतिर नै घटना स्थलमा पुग्नको साथै घाइतेहरुलाई उपचारको निम्ति नजिकैको अस्पतालमा लैजान सफल भएको जानकारी पाइएको छ। टिस्टा रंगीत रेस्क्यु टिमका प्रमुख शान्ति राईले संस्थाको एम्बुलेन्सलाई चलाएर घटना स्थलमा पुगी घाइतेहरुलाई उपचार गराउन सक्षम बनेका छन्। घाइते हुने पर्यटकहरु आसामबाट सिक्किम नाथुला पुगेर फर्कि दार्जिलिङतर्फ गईरहेको समय हिज राती ११ बजे राजमार्ग १० को ११ माईलमा उक्त दुर्घटना भएको हो।घाइते हुने पर्यटकहरुमध्ये कृष्ण कान्ता दास, टुटीमोणि महान्त, तिलक दास अनि कर्बी दास रहेका छन् । दुर्घटना ग्रस्तहुने गाडी स्वीफ्ट डब्ल्युबी ७६-०२५० रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement