उच्च माध्यमिक परीक्षामा खरसाङ क्षेत्रका विद्यालयहरूले ल्याए असल परिणाम

00-1-Chheriya-Samachar-3

खरसाङ: यसपालीको उच्च माध्यमिक परीक्षामा खरसाङ क्षेत्रका विद्यालयहरूले राम्रो परिणाम प्राप्त गरेका छन्। खरसाङ बजार क्षेत्रमा रहेको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, स्कट् मिशन उच्चत्तर माध्यमिक विद्यालय, आदर्श उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय र सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालय गरी जम्मा छवटा उच्चत्तर माध्यमिक विद्यालयहरूका उच्च माध्यमिक परीक्षाको परिणाम असल नै रहेको छ। यस क्रममा रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको यसपाली कला विभागबाट जम्मा ५७ जना विद्यार्थीहरूले परीक्षा दिएका थिए जसमा २४ जना पहिलो दर्जामा अनि २० जना दोस्रो दर्जामा र १३ जना तेस्रो दर्जामा उत्तीर्ण भएका छन्। रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट ऋदिमा छेत्रीले सर्वाधिक ८३ प्रतिशत अंक, प्रजता तामाङले ८१ प्रतिशत अनि प्रार्थना राईले ७८ प्रतिशत अंक ल्याएका छऩ् त्यसरी नै रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालयको विज्ञान विभागबाट जम्मा २६ जना विद्यार्थीहरूले परीक्षा दिएका थिए जसमा १० जना प्रथम दर्जामा, 5 जना दोस्रो दर्जामा उत्तीर्ण भएका छन्। विज्ञान विभागबाट दिव्या राईले ७६.०२ प्रतिशत अंक ल्याएर विद्यालय टप्पर बनेकी छन् भने दिया छेत्रीले ७१.२ प्रतिशत अनि रिस्ता तामाङले ७०.४ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएको विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला यल्मोले जानकारी गराएका छन्। त्यसरी नै यसपालीको उच्च माध्यमिक परीक्षामा सन्त जोसेफ कन्या उच्चतद माध्यमिक विद्यालयको कला विभागबाट जम्मा ७४ जना विद्यार्थीहरूले परीक्षा दिएका थिए जसमा सय प्रतिशत उत्तीर्ण भएका छन्। उत्तीर्ण विद्यार्थीहरूमध्ये सुजला थापाले ८५.२ प्रतिशत अंक ल्याएर विद्यालय टप्पर बनेकी छन्। त्यसरी नै पूर्णिमा सिंहले ८० प्रतिशत, दिव्या रावतले ७९.२ प्रतिशत अंक प्राप्त गरेकी छन्। त्यस्तै प्रकारले खरसाङको आदर्श उच्चत्तर माध्यमिक विद्यालयबाट जम्मा १४ जनाले उच्च माध्यमिक परीक्षा दिएका थिए जसमा १२ जना उत्तीर्ण भएका छन् भने यसै विद्यालयको दिपराज छेत्रीले जम्मा ७२ प्रतिशत अंक प्राप्त गरेर विद्यालय टप्पर बनेका छन् भनी आदर्श उच्चत्तर माध्यमिक विद्यालयको पक्षबाट प्रधान अध्यापक निमा लेप्चाले जानकारी गराएका छन्। खरसाङको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयबाट अन्शु रावतले जम्मा ९२ प्रतिशत अंक ल्याएर प्रथम दर्जामा उत्तीर्ण भएकी छन् भनी विद्यालयको प्रधान अध्यापक फादर केबीन लेप्चाले जानकारी गराएका छन्। सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयकी अन्शु रावत सम्भवतः यसपालीको उच्च माध्यमिक परीक्षामा खरसाङ क्षेत्रका विद्यालयहरूमा टप्पर हुन्। खरसाङको उच्चत्तर माध्यमिक विद्यालयहरूमध्ये स्कट मिशन उच्चत्तर माध्यमिक विद्यालय र पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयको उच्च माध्यमिक परीक्षाको परिणाम प्राप्त हुन सकेन।

About Author

Advertisement