कालचिनीः डुवर्समा दिर्घ लामो समयदेखि लागु औषधि ड्र्ग्सको धन्धा चल्दै आईरहेको र यसले वर्तमान पीढ़ीका युवा जमातहरू कुलतमा फस्न थालेको घटना नौलो होईन। यस धन्धालाई लगाम लगाउन पुलिस प्रशासनले कड़ा पदक्षेप चाल्दै आईरहेता पनि अझै पनि नशालु ट्याबलेट कफ सीरप आदिको धन्धामा नियन्त्रण ल्याउन भने सकिएको छैन्। बारम्बार पुलिसले यस्तो अवैद्य नशालु औषधि बिक्री गर्नेहरुमाथि कारवाई गर्दै आईरहेको छ तर यसलाई रोक्न भने पुलिस एक्लै असमर्थ हुँदै आईरहेको छ।
डुवर्सको अलिपुरद्वार जिल्लाको भारत भोटाङ सीमान्त, बाङ्गलादेश र असम सीमान्त क्षेत्रमा नशालु ड्रग्स धन्धामा संलिप्त आरोपीहरूलाई पक्राउ गर्ने क्रममा कालचिनी थानाको पुलिसबलले गत सोमबार राती कालचिनी खण्डको भारत भोटाङ सीमान्त चियाबारी गाउँ सेन्ट्रल डुवर्स चियाबारीमा पुगेर अभियान चलाउँदा एकजना प्रीति लामा उमेर ३८ लाई प्रायः हजारौँ नशालु ट्याबलेट सहित पक्राउ गरेको थियो।
पक्रा परेका महिलालाई मङ्गलबार एनडीपीएस एक्ट अन्तर्गत जलपाइगढी जिल्ला अदालतमा पठाएको थियो भने जलपाइगढी जिल्ला अदालतमा उभ्याएपछि आरोपी महिलालाई १४ दिनको जोल हिफाजतमा पठाईएको पुलिस सुत्रले जनाएका छन्। पुलिस समक्ष गाउँलेहरूबाट लगातार ड्र्ग्स धन्धामा संलिप्त आरोपीहरूलाई पक्राउ गर्ने दवाब बन्दै आईरहेको थियो भने गत केही दिन अघि मात्र सेन्ट्रल डुवर्स चियाबारीको राङ्गामाटी गाउँमा लिगल अवेयरनेस कार्यक्रममा गाउँले महिलाहरूले पुलिसको भूमिका लिएर प्रश्न तेर्साएको थियो। यसैको त्वरित कार्रवाई गर्दै पुलिसले नशालु ट्याबलेट बिक्री गर्ने महिला प्रीति लामालाई लागु औषधि सहित पक्राउ गर्न सफल भएको बताईएको छ।