२०२४ मा सिक्किममा भाजपाले सरकार बनाउने छः अर्जुन राई

IMG-20230525-WA0000.jpg

नाम्चीः भारतीय जनता पार्टी, सिक्किमको जिल्ला कार्यकारिणी समितिको सभा आज नाम्ची जिल्ला अन्तर्गत राभाङलास्थित पार्टीको जिल्ला कार्यालयमामा बस्यो। सभाको अध्यक्षता पार्टीका प्रदेश उपाध्यक्ष अर्जुन राईले गरेका थिए।

उपाध्यक्ष राईले सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रमा भाजपाले ९ वर्षको कार्यकाल पूरा गरेको जानकारी दिए। यस अवसरमा आगामी ३० मई देखि ३० जूनसम्म मण्डलस्तर, शक्ति केन्द्र, बुथस्तरसम्म विशेष जनसम्पर्क अभियान कार्यक्रम गर्नुपर्ने उनले बताए।

जनसम्पर्क अभियानको क्रममा भारत सरकारका योजनाहरूलाई ग्रामीणस्तरसम्म पुऱ्याउन प्रत्येक कार्यकर्ताहरूले काम गर्नुपर्ने उनले बताए। राईले आगामी २०२४ को चुनाउमा भाजपा सरकार सिक्किममा आउने ठोकुवा गर्दै भाजपा कार्यकर्ताहरू निडर भएर अघि आउनु पर्ने आह्वान गरे।

सभामा जिल्ला अध्यक्ष सीएल गुरूङ, महामन्त्री कुमार राई, नमो वाङचुक शेर्पा, जिल्ला महिला मोर्चा अध्यक्ष सोनीका लेप्चा, मण्डल प्रमुख प्रदिप गुरूङ, बीबी गुरूङ, सीबी राई, प्रेम कुमार छेत्री आदिले पनि सम्बोधन गरेका थिए।

सभामा नाम्ची जिल्ला उपाध्यक्ष आइतावीर राई, महामन्त्री-प्प् पीके न्योपाने, कोषाध्यक्ष कृष्ण सुब्बा, महिला मोर्चा जिल्ला प्रभारी बबी राई, जिल्ला युवा अध्यक्ष नवीन राई, जिल्ला चालक मोर्चा अध्यक्ष पेमा खाण्डू लेप्चा, मण्डल अध्यक्षगण, मण्डल महामन्त्रीगण, मोर्चा अध्यक्षगण लगायत पार्टी कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement