कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममत ब्यानर्जीले मई महिनाको दोस्रो साता आगामी २७ मईमा दिल्लीमा हुने नीति आयोगको बैठकमा सामेल हुने बताएकी थिइन्। तर अब उनले आफ्नो यो कार्यक्रम रद्द गरेकी छन्। यसबाट केन्द्र र राज्य सरकारबीच मतभेद अझ् बढ्ने बताइँदैछ। त्यसअघि आइतवार पनि सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले नयाँ संसद भवनको उद्घाटनको बहिष्कार गरिसकेको छ।
राज्यसभा सांसद एवं तृणमूल प्रवक्ता डेरेक ओ ब्रायनले ट्वीट गरी भने, नयाँ संसद भवनको उद्घाटन कार्यक्रममा तृणमूलका प्रतिनिधि सामेल हुने छैनन्। यसपछि मुख्यमन्त्रीको नीति आय़ोगको बैठकमा नजाने फसेला धेरै नै महत्वपूर्ण मानिन्दैछ। सूत्रहरू अनुसार, ममता प्रधानमन्त्री नरेन्द्र मोदीको छेउ पर्नदेखि जोगिन चाहन्छिन्। सम्भवतः यसैले गर्दा नीति आयोगको बैठकमा उनी सामेल नहुने भएकी हुन्। उल्लेख्य, ममताले भनेकी थिइन्, केवल नीति आयोगको बैठक नै यस्तो एकमात्र मंच हो, जहाँ तृणमूल कांग्रेसले आफ्नो मागहरू राख्न सक्छ। यसैले म यसमा सामेल हुन दिल्ली जानेछु। नीति आयोगको बैठकमा बिहानैदेखि सामेल हुन्छु, तर सूर्यास्तअघि मलाई बोल्न दिँदैन।
-हिस