कोलकाताः पश्चिम बंगालमा गत आठ दिनमा पाँच ठाउँ पटेका कारखाना र घरहरूमा भएको बम विस्फोटमा १७ जनाको मृत्यु भएपछि राज्य पुलिस सक्रिय भएको छ। राज्यभऱिमा अवैध पटेका कारोबार विरूद्ध छापामारी अभियान चलिरहेछ र केवल चार दिनमा डेढ़ लाख किलोभन्दा धेरैको विस्फोटक उदधार गरिएको छ, जसले राज्यमा अवैध विस्फोटक एकत्रीकरणको गहिरो नेटवर्कलाई उजागर गर्दछ। राज्य पुलिसका एक सूत्र अनुसार, विभिन्न जिल्लाहरूमा तलाशी अभियानमा एक लाख १४ हजार २३२ किलो पटेका उद्धार गरिएको छ, जबकि २७ हजार ६३२ किलो बारूद सहित अन्य विस्फोटक जफत गरिएको छ। अवैध तरीकाले यी विस्फोटकहरूको एकत्रीकरण र कारोबारलाई लिएर २५२ प्राथमिकी दर्ता गरिएको छ भने १४३ जनालाई पक्राउ गरिएको छ। मूल रूपमा चार जिल्लाबाट यिनीहरूलाई पक्राउ गरिएको छ, जसमा पूर्व मेदिनीपुर, बीरभूम, मालदा र दक्षिण २४ परगना सामेल छन्।
उल्लेख्य, गत साता मंगलवार सर्वप्रथम मेदिनीपुरको एगरामा एउटा पटेका कारखानामा विस्फोट भयो, जसमा १२ जनाको मृत्य भइसकेको छ। त्यसपछि दक्षिण २४ परगनाको बजबजमा विस्फोट हुँदा तीन जनाको मृत्यु भयो। त्यसको भोली पल्ट नै बीरभूम जिल्लाको दुबराजपुरमा एक तृणमूल नेताको घर एकत्र गरिएको बम विस्फोटमा घरको पर्खाल ढल्यो। त्यसपछि एक दिन अगाड़ी मालदाको पालिका बजारमा पटेको गोदाममा विस्फोट हुँदा दुई जनाको मृत्यु भयो। त्यही दिन साझँको सय दक्षिण २४ परगनाको भांगड़मा तृणमूल नेताको घरमा जमा गरेर राखिएको बम विस्फोटमा उसकी पत्नी गम्भीर रूपमा घाइते भएकी छन्। एकपछि अर्को अवैध पटेका कारखानामा विस्फोट र मानिसहरूको मृत्युपछि राज्य प्रशासनको कार्यसैली पनि प्रश्नहरूको घेरामा पर्न गएको छ।
-हिस










