सिलगढी: आज उच्च माध्यमिक परीक्षाको परिणाम घोषणा भएको छ। यस उच्च माध्यमिक परीक्षामा सिलगढी नेताजी गर्ल्स हाई स्कूलकी छात्रा उत्षा कुन्डूले राज्यभरिमैं छैटौ स्थान हासिल गरेकी छिन। उत्षा कुन्डूले कला विभागमा पढ़ाई गरेकी हुन्। उत्षा कुन्डूका पिता कलेजका प्राध्यापक हुन् अनि आमा स्कूलका शिक्षिका हुन्। यसरी आफ्नी छोरीको सफलतामा आमा-बाबा अति नै खुशी छन्।

नेताजी गर्ल्स हाई स्कूलकी शिक्षिका उत्षाको घरमा पुगेर तिनलाई बधाई दिइन्। उत्षाको उत्कृष्ट परिणामले स्कूल कर्तृपक्ष खुशी छ। उत्षा भविष्यमा एकजना सरकारी अधिकारी बन्न चाहन्छिन्। तिनी अब एउटा राम्रो कलेजमा अनर्स लिएर पढ्न चाहन्छन्।









