“जन सुविधाको निम्ति हामी सदैव अघि रहने छौं। सबैले आफ्नो असुविधाहरू हामी समक्ष राख्नु होस्, समाधान गर्नु लगाउने जिम्मा हाम्रो हो।”: लाडुप घिसिङ, केन्द्रीय प्रवक्ता, हाम्रो पार्टी

IMG-20230524-WA0179.jpg

मिरिक: मिरिक नगरपालिका अन्तर्गत अलगढा, १ नम्बर वार्डले हाल पिउने पानीको विकट समस्या र लामो समयदेखि स्ट्रीट लाइटको असुविधा भोग्दै आएको विषयलाई केन्द्र गरि प्रभावित ३८ परिवारद्वारा हस्ताक्षरित निवेदन-पत्र मिरिक नपा, एक्जिक्युटिभ् अफिसरलाई हाम्रो पार्टी, केन्द्रीय प्रवक्ता घिसिङ एवं टोलीले एक्जिक्युटिभ् अफिसरको अनुपस्थितिमा नपा कार्यलयलाई सुम्पने काम गर्यो। यस पत्रको प्रतिलिपि मिरिक महमुमा शासक, डिएमडिसी एवं एसडीपिओ कार्यलयहरूलाई पनि सुम्पने काम भयो। यसै सन्दर्भमा घिसिङले भने,”यो केवल अलगढा मात्रको समस्या होइन। प्रायः सबै बार्डहरूमा यस्ता अनेकौं समस्याहरूले समाधान पर्खेर बसेको धेरै भयो। तर सरोकारवालाहरु आफ्नै राजनैतिक रोटी सेक्नमा व्यस्त छन्।”
उनले नगरवासीहरूलाई आव्हान गर्दै भने,”सबै वार्डबाट आ-आफ्नो असुविधाहरू हामी समक्ष राख्नु होस् समाधान गर्नु लगाउने जिम्मा हाम्रो हो। अब धेरै कुराहरूमा परिवर्तन आउने सङ्केत दिँदै केन्द्रीय प्रवक्ता घिसिङले भने जनताको सुविधाको निम्ति हामी सदैव अघि रहने छौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement