चूनाव जित्नेले केही गरेन तर जन सेवाको भावना भएको एडवडर्सले हाम्रो लागि धेरै गरयो: छेत्री

Screenshot_20230524_165930_WhatsApp.jpg

दार्जीलिङ: चूनाव जित्नेले केही गरेनन तर जन सेवाको भावना राख्ने नेतृत्वले हाम्रो निम्ति धेरै कामहरू गर्दैछ भन्ने मन्तव्य लोवर बढारे बस्तीको बासिन्दाहरूले पोखेको हो।रेलिङ कैजले समष्टि अन्तर्गत लोवर बढारे बस्तीको बासिन्दाहरूले गत धेरै बर्ष अघिदेखि घाट जाने बाटोको निर्माण गरी दिने आह्वान गर्दै आई रहेका थिए। गत जीटीए सभाको चुनावमा पनि स्थानीय गाउँलेहरूले पहाडको राजनैतिक दलहरू एंव नेतृत्वहरू समक्ष आह्वान गरेको थियो तर यस क्षेत्रका बासिन्दाहरूको मांगलाई चूनावमा जित्ने जन प्रतिनिधि समेतले पूरा नगर्दा स्थानीय गाउँलेहरूले बाटो निर्माणको गुहार लगाएका थिए।हाम्रो पार्टीको क्षेत्रिय बरिष्ठ कार्यकर्ता अनित सुब्बाले पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष यी कुराहरू राख्दा अध्यक्ष एडवाडर्सले तुरून्तै जेसीपी प्रदान गरेर बाटोको खनन कार्य शुरू भई सकेको छ। यसै संदर्भमा युवा एकाई महासचिव रोशन छेत्रीले बताए अनुसार भर्खरै जीटीए सभाको चूनाव सम्पन्न भएको छ तर हाम्रो समष्टिबाट चूनाव जितेर जाने निर्वाचित सभासदले हाम्रो क्षेत्रमा कुनै प्रकारको विकाश कार्यहरू भएको छैन। जन सेवाको कार्यलाई आफ्नो जिम्मेवार ठान्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले लोवर बढारे बस्तीको घाट जाने बाटोलाई सुविधा जनक बाटोको निर्माण गर्नलाई वहाँले जेसीपी पठाई दिएर बाटोको खनन कार्य पूरा भई सकेको तिनले बताए।तिनले अधि भने मेरो ब्यक्तिगत विचारमा विकाश दुई प्रकारको हुने गर्छ, एक दिएको विकाश अनि अर्को गरेको विकाश, दिएको विकाश भन्नले सरकारले दिएको विकाश हो, जो चहि सत्ता चौकीमा बस्नेहरू गर्छन, सरकारद्वारा गरिने विकाशको कार्यहरू हाम्रो क्षेत्रमा रतिभर पनि भएको छैन छेत्रीले भने। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स सत्तामा छैन तर पनि उनले आफ्नो गोजीको पैसा खर्च गरेर पहाडको कुना काप्चाहरूमा बाटोहरूको निर्माण कार्यहरूदेखि लिएर समाज धर,सर्वजनिक भवन, पिउने पानीको ब्यवस्था, गरीव विमारीहरूको उपचार,गरीव विधार्थीहरूलाई शिक्षा आदि जस्ता धेरै कार्यहरू गर्दै आई रहेका छन। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको यस्तो कार्यहरूप्रति हामी अति नै आभारी छौ छेत्रीले भने।यसैक्रममा रेलिङ कैजले समष्टिको हाम्रो पार्टीको मुख्य संयोजक अनित सुब्बालाई गाउँलेहरूले आभार जनाए।उहाँकै प्रयासको फलस्वरूप घाट जाने बाटोको खनन कार्य सम्भव भएको छेत्रीले बताउदै आभार जनाए। यसरी नै बढारे निवासी करण छेत्रीले पनि अजय एडवाडर्स र हाम्रो पार्टीप्रति आभार जनाए। बाटोको खनन कार्यमा जमीन दान गर्ने अम्बर सुब्बालाई पनि गाउँलेहरूले आभार जनाए।त्यसरी नै एल.वी.छेत्री, बाघवीर सुब्बा आदिलाई खदा लगाएर सम्मान जनाए। बाटोको खनन आरम्भ गर्न अधि स्थानीय बासिन्दाहरू ले पटेखा पडकाउँदै अजय एडवाडर्स जिन्दाबाद,को नाराहरू लगाए।

About Author

Advertisement