अभियुक्तले बन्दुकधारीसहित घरमा आक्रमण
सिलगढी: श्रीमतीमाथि अभद्र टिप्पणी गरेको भन्दै पतिले एक युवकलाई कुटपिट गरेपछि आरोपीले बन्दुकधारीसहित उनको घरमा आक्रमण गरेका छन्। घटनाका कारण गएराति सिलगढी महकुमाको खोरीबारी ब्लकको गौरसिंह जोतमा निकै तनाव भएको थियो। स्थानीयवासी अनन्त बर्मनकी श्रीमतीमाथि सो क्षेत्रका युवा सञ्जीव बर्मनले अभद्र टिप्पणी गरेका थिए। श्रीमतीको नाममा अभद्र टिप्पणी सुनेपछि अनन्तले युवकलाई कुटपिट गरेका थिए। अर्कोतर्फ यसको बदला लिन अनन्त बर्मनको खोजीमा सञ्जीव र उनका साथीहरूले गएराति अनन्तको ससुरा घरमा आक्रमण गरेका थिए। घर अगाडि स्कुटी हानेर घरभित्र पसेर तोडफोड गर्ने र बन्दुक देखाउने धम्की दिएको आरोप छ। घटनाले उग्र रुप लिएपछि गाउँलेहरू घटनास्थलमा आएपछि सञ्जीव र उनका साथीहरूले पिस्तोल निकालेर आक्रोशित रुपमा गोली हानेर भागेको बताइएको छ। घटनाको जानकारी पाएर स्थानीय पञ्चायत सदस्य कृष्ण राईसहित खोरीबारी पुलिस चौकी घटनास्थल पुगेको थियो। घटनामा संलग्न एक स्कुटी पुलिसले नियन्त्रणमा लिएको छ। घटनाबारे खोरीबारी पुलिस चौकीले अनुसन्धान थालेको छ। घटनापछि स्थानीयवासी त्रसित छन्। पञ्चायतका सदस्यले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।