कृषि मन्त्रीको बाहुलीबा पैह्रौ प्रभावित परिवारलाई प्रदान गरियो जमीनको पर्चा

IMG-20230523-WA0259.jpg

गान्तोक: राज्य सरकारको ल्याण्ड ब्याङ्क योजना अन्तर्गत पैह्रौ प्रभावित परिवारलाई जमीनको पर्चा वितरण गरियो। उल्लेखनीय छ, गत 2020मा लेग्शेपस्थित सागबारी बस्तीमा पैह्रौले धेरै वटा घरलाई प्रभावित तुल्याएको थियो। सोही विषयमा लिएर आज गेजिङ बर्मेकको सामुदायिक भवनमा एक कार्यक्रम सम्पन्न भयो। जानकारी गराइन्छ, उक्त स्थानमा पैह्रौले व्यापक क्षति पुऱ्याएपछि राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले २८ अगस्त २०२०को दिन भ्रमण गर्दै पैह्रौ पीडित परिवारलाई सरकारको तर्फबाट सकेसम्म सहयोग गर् आश्वासन दिएका थिए।

मुख्यमन्त्रीले दिएको आश्वासनलाई पुरा गर्दै आज १३ जना पैह्रौ प्रभावित परिवारलाई ल्याण्ड व्याङ्क योजना अन्तर्गत जमीनको पर्चा वितरण गरियो। क्षेत्र विधायक एवम कृषि विभाग मन्त्री लोकनाथ नेपालको बाहुलीबाट पर्चा वितरण गरिएको हो। आजको यस कार्यक्रममा महकुमा अधिकारी एनके कार्की, खण्ड विकास अधिकारी कैलाश गुरूङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement