कृषि स्रोत व्यवस्थापन प्रणालीमाथि एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

IMG-20230523-WA0257.jpg

गान्तोक: कृषि एवम वागवाणी विभागको पहलमा सोरेङ वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा कृषि स्रोत व्यवस्थापन प्रणालीमाथि एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो। यस प्रशिक्षण कार्यक्रममा मुख्य अतिथिकोरूपमा सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल ठटालले एक परिवार एक नौकरी अन्तर्गत नियुक्ति भएका कर्मचारीहरूलाई विशेष गरेर प्रोत्साहन दिँदै यसलाई निरन्तरता दिनुपर्ने सुझाउ दिए। उनले राज्य र राष्ट्रको विकासका लागि काम गर्ने संस्कृतिलाई एकैसाथ परिमार्जन गर्नुपर्ने विषयमा जोड दिए । प्रत्येक कर्मचारीले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने सुझाउ दिए।

कर्मचारीहरूलाई सक्रिय सहभागिताका लागि उत्प्रेरित गर्न र योग्यताका आधारमा आफ्नो ज्ञानको अधिकतम उपयोग गर्न वरिष्ठ अधिकारीहरूलाई आग्रह गरे। जिल्लापालले एक परिवार एक नौकरी अन्तर्गत कार्यरत कर्मचारीहरूको व्यक्तिगत कार्यसम्पादनको प्रभावकारी अनुगमनका लागि डाटा-बेस कम्पाइल गर्न निर्देशन दिए। उनले प्रदर्शनका आधारमा जिल्ला स्तरमा पुरस्कृत गरिने पनि घोषणा गरे।

About Author

Advertisement