नाम्चीको आईसीडीएस केन्द्रहरूमा कोदोको खाद्य वितरण

IMG-20230523-WA0252.jpg

गान्तोक: आँगनबाडी कार्यकर्ता सोमाती राईले प्रतिदिन नानीहरूलाई कोदोद्वारा तयार गरिएको खाद्य प्रदान गर्दै आइरहेकी छन्। हाल आईसीडीएस केन्द्रमा कूल १८ जना नानीहरू रहेको र उनीहरू सबैलाई प्रतिदिन तातो तातो कोदोको रोटी, मोमो सबै कुरा कोदोद्वारा तयार गरिएको दिँदै आइरहेको जानकारी गराएको छ। यसका साथै उनीसँग काम गर्ने अन्य दुई जना सहकर्मीहरूले पनि कोदोद्वारा तयार गरिएको खाद्य खाने गरेको र उनीहरूले यी सबै कुरा बनाउनमा सहयोग पुऱ्याउँदै आइरहेको बताइएको छ। कोदो नेपाली जातिको पारम्पारिक खाद्य हो भने यसमा पौष्टिक तत्वहरू पाउने गरेको र नानीहरूको स्वास्थको निम्ति उत्तम रहने जानकारी गराइएको छ।

आइसीडीएस विशेष गरेर महिला एवम वाल विकास विभाग अन्तर्गत पर्ने गर्दछ भने नाम्ची जिल्ला अन्तर्गत हाल ३३२ वटा आईसीडीएस केन्द्र सञ्चालनमा रहेको छ। हाल यी सबै केन्द्रहरूमा नानीहरूलाई कोदोद्वारा बनाइएको खाद्य प्रदान गरिन्छ। उल्लेखनीय छ, युनाइटेड नेशनले यस २०२३ लाई अन्तराष्ट्रीय कोदो वर्षकोरूपमा घोषणा गरिसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *