२३ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा सुबोथ फूटबल एकाडमी (मंगपंग)-ले लगातार दोस्रो जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा मंगलवार खेलिएको दोस्रो म्याचमा सुबोथ एफए-ले सेसोनिअन एफसी-लाई २-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट रेञ्जोंग लेप्चा र एनोस राईले गोल गरे। रेञ्जोंग लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। बुधवार खेलिने म्याचमा जर्जियन एफसी र शेयर एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।









