गान्तोकः सिक्किममा इनर लाइन परमिट (आईपीएल) लागू गर्नका लागि सम्भाव्यता अध्ययन गर्न गठन गरिएको कमिटीले आफ्नो रिपोर्ट राज्य सरकारलाई बुझाएको छ। कमिटीका अध्यक्ष शान्ता प्रधानको अगुवाईमा आज कमिटीका सदस्यहरूले राज्यका मुख्य सचिव वीबी पाठकलाई आफ्नो रिपोर्ट बुझाए। यस अवसरमा डीजीपी एके सिंह पनि उपस्थित थिए।
यस कमिटीमा स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो सदस्य सचिव तथा गृह विभागकी सचिव टाशी छो छो र सेवानिवृत्त सचिव एसडी छिरिङ सदस्य थिए। आईएलपी कमिटीको गठन राज्य सरकारले ०४ फरवरी, २०२३ मा गरेको थियो।