सिडनीमा प्रधानमन्त्री मोदीलाई पारम्परिक ढंगमा स्वागत गरियो

nat-1

सिडनी/नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीलाई मङ्गलवार सिडनीको कुडोस ब्यांक एरिनामा पारम्परिक ढंगले स्वागत जनाइयो। प्रधानमन्त्रीलाई कुडोस ब्याङ्क एरिनामा वैदिक मन्त्रोच्चारण सहित स्वागत जनाइयो। प्रधानमन्त्री मोदीले यहाँ एक सामुदायिक कार्यक्रमलाई चाँड़ै सम्बोधन गर्नेछन्। यस अवसरमा उनीसित अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज पनि उपस्थित थिए।

यसपूर्व प्रधानमन्त्री मोदीले आज सिडनीमा आयोजित अलग-अलग बैठकहरूमा अस्ट्रेलियाका केही गणमान्य व्यक्तिहरूसित भेटघाट गरे। सांस्कृतिक एवं मानिसहरूसितको सम्बन्धलाई बढ़ाउने क्रममा प्रधानमन्त्रीले अस्ट्रेलियाका प्रमुख हस्तिहरूसित बातचित गरे। उनीहरूको उपलब्धिमा उनीहरूलाई बधाई दिए साथै भारत-अस्ट्रेलिया सम्बन्धलाई बलियो बनाउनमा योगदान दिनको लागि प्रोत्साहित गरे।

प्रधानमन्त्रीले प्रोफेसर ब्रायन पी. श्मिट, भौतिकीमा नोबल पुरस्कार विजेता अनि अस्ट्रेलियन नेशनल यूनिभर्सिटी, क्यानबराका कुलपति औ अध्यक्ष, व्यवसाय विशेषज्ञ औ मानवीय मुद्दहरूमाथि कुशल सार्वजनिक वक्ता मार्क बल्ला, आदिवासी कलाकार डेनिएल मेट सुलिवन, अन्तरराष्ट्रीय शेफ, रेस्तराँ-मालिक, टीभी कार्यक्रम सञ्चालिका, वक्ता औ उद्यमी सारा टोड, यूनिभर्सिटी अफ् न्यू साउथ वेल्स, सिडनीको आर्टिफिशियल इन्टेलिजेन्स इन्स्टीट्यूटका मुख्य वैज्ञानिक औ प्रोफेसर टोबी वाल्श, समाजशास्त्री, शोधकर्ता, लेखक औ एसोसिएट प्रोफेसर सल्वाटोर बाबोन्स, अस्ट्रेलियाका प्रमुख गायक गाय थिओडोर सेबस्टियन जस्ता हस्तिहरूसित भेट गरी उनीहरूलाई उनीहरूको उपलब्धिको निम्ति बधाई दिए साथै भारत-अस्ट्रेलिया सम्बन्धलाई अझ बलियो बनाउनमा योगदान दिनको लागि प्रेरित गरे।

-हिस

About Author

Advertisement