आगलागीमा चारवटा दोकान जलेर भष्म

IMG-20230523-WA0232.jpg

अलिपुरद्वार: असम सिमाना नजिक बारोबिसा संलग्न कमर्सियल सेल्स ट्याक्स इलाकामा आगलागी हुँदा चारवटा दोकान जलेर भष्मीभूत भएको छ। गत अबेर राति स्थानीय मानिसहरूले आगो लागेको देखेपछि तत्कालै घटनाबारे पुलिस तथा दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर बारोबिसा अग्निशमन विभागको एउटा इञ्जिन घटनास्थलम पुगेर आगोलाई निभाउने कोशिस गर्यो। यसपछि अलिपुरद्वारबाट अझ एउटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँ कोशिशपछि आज एकाबिहानै आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। आगलागीमा एउटा दवाई दोकान, एउटा रासन दोकान लगायत अन्य दुईवटा दोकान जलेर खरानी भएको छ भने घटनामा लाखौँ रुपियाँको क्षति भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement