जीटीएले अविलम्ब पहल नगरे पहाडको विधार्थीहरू उच्च शिक्षाबाट बंचित हुनेछ: राप्गे राई

Screenshot_20230523_201416_WhatsApp.jpg

दार्जीलिङ: ‘गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले अविलम्ब पहल नगरे पहाडको विधार्थीहरू उच्च शिक्षा प्राप्तिको निम्ति वन्चित हुनेछ’ यो मन्तव्य हाम्रो युवा शक्ति समुहको संयोजक राप्गे राईले पोखेको हो। गत केही दिन अघि राज्य सरकारले एक अधिसूचना जारी गरेर कलेजहरूमा नियुक्तिको निम्ति सेन्ट्ररलाइस गर्ने अवगत गराएका छन। यस विषयलाई लिएर आज हाम्रो पार्टीको युवा शक्ति समूहको संयोजक राप्गे राईको नेतृत्वमा प्रतिनिधि टोली जीटीए चीफ अनित थापासंग भेटवार्ता गर्न लाल कोठी पूगेका थिए। जीटीए चीफ थापा अन्य कार्यमा बाहिर गुनाले युवा शक्ति समूहको टोलीले भेट गर्न नसक्दा कार्यलय सचिवलाई एक ज्ञापन पत्र चढाएका छन। त्यसरी नै प्रतिनिधि टोलीले जीटीए सभाको शिक्षा विभागीय सभासद सन्चवीर सुब्बासंग पनि भेट गरेर एक ज्ञापन पत्र सुम्पिएको संयोजक राईले बताएका छन्।तिनले थप भने गत केही दिन राज्य सरकारले कलेजमा नियुक्तिको संदर्भ बारे गत केही दिन अघि एक अधिसूचना जारी गरेको थियो। सो अधिसूचनामा कलेज नियुक्तिलाई लिएर सेन्ट्ररलाइस गर्ने स्पष्ट बताएका छन। यदि सेन्ट्ररलाइस भएको खण्डमा कोलकताको विकाश भवनबाट नै संचालित हुनेछ अनि त्यसो भएको खण्डमा बर्तमान दार्जीलिङ पार्वतीय क्षेत्रहरूको अस्पतालहरूमा नर्सिग टेर्निङमा पहाडको विद्यार्थीहरू बंचित भई रहेको छ।भोलीको दिनमा उच्च शिक्षा प्राप्तिको निम्ति कोलकताको विकाश भवनमा संचालित भएको खण्डमा पहाडको विद्यार्थीहरू पनि उच्च शिक्षा प्राप्तिदेखि वंचित हुनेछ भन्दै जीटीएले यस बारे अविलम्ब पहल गर्नु पर्ने युवा शक्ति समूहले मांग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement