हात्तीद्वारा घर तोड़फोड़

47986459-e330-47c8-8844-423a477d02b6

कालचिनीः सोमबार राती बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ राईमाटाङ जङ्गलबाट आहारको खोजीमा भाटपाड़ा चियाबारी संलग्न बिजयपुर बस्तीमा पसेको दुईवटा जंगली हात्तीले स्थानीय चन्द्रप्रकाश शर्माको घरको भित्ता र पाकघर जम्मै भत्काएर भित्र राखेको रासन सामग्री र मकै सबै खाएको पीड़ित चन्द्रप्रकाश शर्माले बताएका छन्।
घरको परिवारले भागेर गाउँलेहरूले हल्लाखल्ला गरेर मात्र उक्त दुवै हात्ती जङ्गल पसेको र अन्य कुनै गाउँलेको घर क्षति गर्न नपाएको चन्द्र प्रकाश शर्माले जनाएका छन्। बनकर्मीहरू बिहान उक्त क्षतिग्रस्त घरको निरीक्षण गर्न आईपुगेका थिए भने आवेदन गरे सरकारी नियम मुताबिक क्षतिपूर्ति दिईने जनाएका छन्। यता गाउँलेहरूले रातैपिच्छे गाउँमा हात्तीको रगरगी बढ़्न थालेको तर बनकर्मीहरू कहिले नाइट पेट्रोलिङमा नआएको र क्षतिपूर्ति कहिले नपाएको गुनासो गरेका छन्।

About Author

Advertisement