सिलगढी: तृणमूल महिला कङ्ग्रेसका सदस्यहरूले केन्द्र वञ्चित गरेको आरोप लगाउँदै हिजोदेखि ३२ घण्टा धरना कार्यक्रम पालन गरिरहेको छ। २५ घण्टा बितिसक्दा पनि तिनीहरूको धरना कार्यक्रम आज मङ्गलबार पनि जारी रहेको छ। आज धरना कार्यक्रममा राज्यका नारी तथा शिशु कल्याण विभागका मन्त्री शशि पान्जा सामेल भएका छन्। स्मरण रहोस्, केन्द्र सरकारले वञ्चित गरेकोमा विरोध, १०० दिनको काम आवास योजना सहित विभिन्न मागहरूलाई लिएर तृणमूल महिला कङ्ग्रेसका सदस्यहरू हिजोदेखि ३२ घण्टाको लागि धरनामा बसेका छन्। उक्त धरना कार्यक्रममा महिला तृणमूल कङ्ग्रेसका राज्य सभानेत्री चन्द्रिमा भट्टाचार्य, सांसद माला राय, उत्तरबंग विकास विभागका राज्य मन्त्री सबिना यास्मिन, अर्पिता घोष लगायत महिला तृणमूल कङ्ग्रेसका अन्य सदस्यहरू सामेल छन्। आज धरना कार्यक्रममा सामेल भएर शशि पान्जाले भने, तृणमूल महिला कङ्ग्रेसको तर्फबाट सिलगढीमा धरना कार्यक्रम चलिरहेको छ। बङ्गाललाई केन्द्र सरकारले विभिन्न परियोजनाहरूको बकाया राशि अझसम्म प्रदान नगरेकोमा उक्त आन्दोलन गरिएको हो।










