नम्बर एक ज्याभलिन थ्रोअर बने नीरज चोपड़ा

IMG-20230523-WA0214.jpg

२३ मईः ओलम्पिक स्वर्ण पदक विजेता नीरज चोपड़ा वर्ल्ड एथलेटिक्सद्वारा जारी ताजा पुरुष ज्याभलिन थ्रो ऱ्यांकिंगमा आफ्नो करियरमा पहिलोपल्ट विश्वका नम्बर एक खेलाड़ी बने। ताजा ऱ्यांकिंगमा चोपड़ा १४५५ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेका छन्। अहिले उनी ग्रेनाडाका वर्ल्ड च्याम्पियन एण्डरसन पीटर्स (१४३३) भन्दा २२ पोइण्ट्स अघि रहेका छन्। टोक्यो ओलम्पिकमा रजत पदक विजेता चेक गणराज्यका जेकब वडलेज्च १४१६ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेका छन्। पच्चीस वर्षीय चोपड़ा गत वर्ष ३० अगस्तमा विश्व ऱ्यांकिंगमा दोस्रो स्थानमा पुगेका थिए तर त्यसपछि पीटर्सलाई पछि छोड़्न सकेका थिएनन्। टोक्यो ओलम्पिकमा चोपड़ाले भारतको निम्ति ज्याभलिन थ्रो-मा स्वर्ण पदक जितेका थिए। यसरी उनी ट्र्याक एण्ड फील्डमा भारतका पहिलो ओलम्पिक स्वर्ण पदक विजेता बनेका थिए। उनले हालै दोहामा भएको डायमण्ड लीगमा पनि खिताब जितेका थिए। चोपड़ा अहिले नीदरल्याण्डको हेंगलोमा हुने फेनी ब्लेंकर्स-कोएन गेम्समा हिस्सा लिने तर्खरमा रहेका छन्। प्रतियोगिता ४ जूनदेखि शुरु हुनेछ। त्यसपछि उनले १३ जूनदेखि शुरु हुने पावो नूरमी गेम्समा पनि हिस्सा लिनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement