खरसाङ डिभिजनल बक्सिङ एसोसिएशनको तर्फबाट पदक जित्ने खेलाड़ीहरूलाई सम्मान

IMG-20230523-WA0208.jpg

खरसाङ: आज खरसाङ डिभिजनल बक्सिङ एसोसिएशनको तर्फबाट कोलकोतामा राज्य स्तरीय सिनियर बक्सिङ च्याम्पियनशीपमा भाग लिएर फर्केका बक्सरहरूलाई सम्मान जनाइएको छ। केही दिन अघि महेन्द्र थापाको अगुवाईमा सातजना बक्सिङ खेलाडीहरू कोलकातामा सम्पन्न राज्य स्तरीय बक्सिङ च्याम्पियनशीपमा भाग लिएर फर्केका थिए जसमा चारजनाले पदक जितेका थिए। यसमा निशान थापा र अनित लामाले रजत पदक अनि अनन्त गुरूङ र प्रीति गुरुङले काँस्य पदक जितेका थिए। यी चारैजना पदक विजेताहरूलाई खरसाङ डिभिजनल बक्सिङ एसोसिएशनको तर्फबाट सम्मान जनाइएको छ। उक्त कार्यक्रम देवेन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै महेन्द्र थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement