एसकेएम युवा प्रकोष्ठको बैठक सम्पन्न

IMG-20220622-WA0165.jpg

राज्यस्तरीय एवं जिल्ला समितिमा नव नियुक्त पदाधिकारीहरूलाई नियुक्ती पत्र हस्तान्तरण

गान्तोक। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको युवा प्रकोष्ठको आज तादोङस्थित एक होटलमा समन्वय सभा सम्पन्न गर्‍यो। सभामा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका महासचिव एवं मन्त्री अरुण उप्रेती मुख्य अतिथिको रुपमा उपस्थित थिए। यसको साथै आजको कार्यक्रममा एसकेएम युवा मोर्चाका उपाध्यक्ष प्रभारी एवं मन्त्री सञ्जित खरेल, युवा मार्चाका अध्यक्ष लाक्पा मोक्तान, युवा मोर्चाका समंवयक सहदेव शर्मा लगायत अन्यको विशेष उपस्थिति रहेको थियो।

आजको समन्वय सभामा राज्यस्तरीय एवं जिल्ला समितिमा नव नियुक्त पदाधिकारीहरूलाई नियुक्ती पत्र हस्तान्तरण गरियो साथै उनीहरूलाई उपस्थित पार्टीका पदाधिकारीहरूले खदा लगाएर स्वागत जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै एसकेएम युवा मोर्चा उपाध्यक्ष प्रभारी एवं मन्त्री सञ्जित खरेलले नव नियुक्त सबै पदाधिकारीहरूले सही रुपमा पदको उपयोग गरेर जनताको सेवा साथै संगठनलाई बलियो बनाउने दिशामा काम गर्ने सुझाव दिए। सत्तारूढ पार्टीले यसरी विभिन्न पदमा नियुक्त दिनु भनेको सामान्य कुरा नरहेको अनि यी पदहरूमा नियुक्त युवाहरूले उत्तरदायी भएर काम गर्नुपर्ने आग्रह गरे। युवाहरूले कुनै पनि नेतालाई बोकेर अघि नहिँड्ने आग्रह गर्दै केवल नेता पीएस गोले अनि उम्मेदवार टेबल ल्याम्पलाई अघि बढाउनु पर्ने सुझाउ दिए। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको दिशा निर्देश अनुशार सबैलाई लिएर अघि हिँड्ने समावेशी सोँच अनुरुप कार्य गर्ने उनले सबैलाई आह्वान गरे। घरिघरि सामाजिक सञ्जालमा विभिन्न झुटो खबरहरू फैल्याउनेहरूलाई खबरदारी गर्दै उनले चाँढ़ै उनीहरूको भण्डाफोर गर्ने पनि किटान गरे।

यसरी नै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री अरुण उप्रेतीले सबै युवाहरूलाई पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको समावेशी सोंच अनुरुप कार्य गर्ने आग्रह गरे। पार्टी अध्यक्षको हरेक निर्देशनलाई शिरोपर गरेर युवाहरूले कार्य गर्ने गर्नु पर्ने सुझाउ दिए। संगठनलाई बलियो बनाउन युवाहरूले ग्रामीणस्तरमा भूमिका निर्वाह गर्ने पनि उनले अपील गरे। यदि युवाहरू सामाजिक कार्यहरूमा संलग्न रहे अवश्य पनि यसले समाजलाई प्रभाव पार्न सक्ने मन्तव्य प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement