गान्तोक। केन्द्रिय खाद्य एवं जन वितरण राज्य मन्त्री अश्विनी कुमार चौबेले आफ्नो सिक्किम भ्रमणको क्रममा हिजो राष्ट्रिय खाद्य सुरक्षा अधिनियम, २०१३ अन्तर्गत खाद्य एवं नागरिक आपूर्ति विभागद्वारा कार्यान्वित विभिन्न योजनाहरूलाई लिएर समीक्षा बैठक गरे। बैठकमा विभागकी सचिव दीपा रानी थापालगायत विभागका वरिष्ठ अधिकारीहरू, एफसीआईका अधिकारीहरू आदि उपस्थित थिए।
केन्द्रिय मन्त्रीले विभागको कामप्रति सन्तोष व्यक्त गरे। यसैगरी, उनले प्रधानमन्त्री गरीब कल्याण अन्न योजना जस्ता योजनाहरूबारे व्यापक रूपमा सचेतना फैलाउन अनुरोध गरे ताकि केन्द्र सरकारका प्रयासहरूबारे आम मानिसहरूलाई जानकारी होस्। केन्द्रिय मन्त्रीसॅंगको बैठक फलदायी रहेको भनी जनाएको छ।









