गान्तोक। दक्षिण जिल्लाको नाम्चीको जिल्ला प्रशासन केन्द्रमा आज स्वच्छ विद्यालय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमको अध्यक्षता जिल्लापाल एम. भरानी कुमारले गरेका थिए। उक्त अवसरमा विभिन्न विद्यालयका प्राचार्यहरूले पनि अंशग्रहण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वच्छ विद्यालय पुरस्कार वर्ष २०१६-१७मा शुरू गरिएको थियो। विशेष गरेर विद्यालयमा स्वच्छ वातावरण बनाउने र विद्यालयलाई प्रोत्साहन गर्ने उद्देश्यले शुरू गरिएको पुरस्कार कार्यक्रमबाट धेरैवटा विद्यालय प्रोत्साहित बनेको जानकारी गराएको छ। यस पुरस्कारको उद्देश्य स्वच्छता र सरसफाइको मापदण्डहरू पालना गर्दै, विद्यालयहरूमा स्वच्छ पिउने पानी सरसफाइ र समग्र स्वच्छताको दिगो अभ्यासहरूलाई बढावा दिनु हो। यस पुरस्कारले विद्यालय परिसरमा सरसफाइ र सरसफाइलाई व्यापकरूपमा खेती गर्ने विद्यालयको दर्शनलाई चिन्हित गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाला एम. भरानी कुमारले जिल्लाका शैक्षिक संस्थाहरूलाई सुचारु रूपमा सञ्चालन गर्न शिक्षा विभागले गरेको प्रयासको प्रशंसा प्रशंसा गरे। यसका साथै उनले संस्थानको स्तरवृद्धि गर्न र जिल्लाको नमूना विद्यालय बनाउन लक्ष्य राखेर काम गर्नु पर्ने प्रधानाध्यापक सहित सबै शिक्षकवर्गलाई आग्रह गरे। यसरी नै विद्यालय मर्मत, निर्माण र अन्य अत्यावश्यक कामका लागि आठ वटा विजेता विद्यालयलाई एक एक लाख रूपियाँ उपलब्ध गराइने उनले जानकारी गराए। स्वच्छ विद्यालय पुरस्कार अन्तर्गत बिजेता विद्यालयहरुको नाम यस प्रकार छ, जसमा शहरी क्षेत्रमा पाम्फोक निम्न माध्यमिक विद्यालय प्रथम बनेको छ बने सिङ्गीथाङ निम्न माध्यमिक विद्यालय दोस्रो र अप्पर याङगाङ विद्यालय तेस्रो बन्यो। सोही प्रकारले ग्रामीण क्षेत्रका विद्यालयहरूमा तिमी उच्चत्तर माध्यमिक विद्यालय पहिलो बनेको छ भने मनिराम उच्चत्तर माध्यमिक विद्यालय दोस्रो र साउत पोइन्ट एकादमी तेस्रो स्थानमा आएको छ।