५ किलो ५०० ग्राम ठूलो ट्युमरको सफल ऑपरेशन

IMG-20230521-WA0115.jpg

सिलगढी: सिलगढीको महाकाल पल्ली विद्याचक्र कालोनी निवासी असित साहकी पत्नी वर्णाली साह (३३) लामो समयदेखि गर्भाशयमा ठूलो ट्युमरबाट पीडित थिइन्। उपचारका लागि विभिन्न ठाउँमा गए पनि ट्युमरको ऑपरेशन हुन सकेको थिएन। अन्तत: आकाश अस्पताल, सिलगढी, आश्रम पाडाका प्रमुख डा. ए. के. माझीले, बिरामीको जाँच गरेपछि उनले परिवारको रायमा चुनौतीपूर्ण ऑपरेशन गर्ने निर्णय गरे। आइतबार बिहान ५ किलो ५०० ग्राम तौलको ठूलो ट्युमर डाक्टर माँझीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले सफलतापूर्वक निकाले। डा. मान्झीले यो बिरामी आगामी दिनमा आमा बन्न सक्ने समेत बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement