रुख ढलेर थिच्यो कार

IMG-20230520-WA0003.jpg

सुकना: आज दिउँसो भएको हावा पानीमा सुकना बजारमा एउटा रुख ढल्दा एउटा कार थिचिएको छ। प्राप्त जानकारी अनुसार एनएच ५५ अन्तर्गत रंगटङ क्षेत्रतिरबाट सुकना हुँदै सिलगढी गईरहेको कार गाड़ीमा रुख ढलेर लागेको छ। प्रत्यक्षदर्शीहरूले बताए अनुसार सुकना बजार क्षेत्रमा घटेको उक्त घटनाको समय गाड़ीमा दुईजना सवार रहेका थिए भने गाड़ीको अघाड़ीपट्टिको ऐना फुटेर गाड़ीमा रहेका मानिसलाई हल्का लागेको बताएका छन्।

हावाको कारण रुख ढलेर गाडीलाई थिचे पनि मानिसहरू सुरक्षित रहेको र कुनै दुर्घटना हुनबाट भने जोगिएको जानकारी प्रत्यक्षदर्शीहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement