सिलगढी: एनबीयूका उपकुलपति ओमप्रकाश मिश्रसँगै रजिस्ट्रार नुपुर दास र वित्त अधिकारी अमलन मजुमदारको कार्यकाल शनिबार समाप्त भयो। अर्को उपकुलपति नियुक्ति नभएसम्म विश्वविद्यालयलाई सुचारु रुपमा सञ्चालन गर्न र रजिष्ट्रार तथा वित्त अधिकारीको अनुपस्थितिमा आउने समस्याबाट बच्न रजिस्ट्रार तथा वित्त अधिकारीको कार्यकाल चार महिना थप गरिएको छ। सो जानकारी उपकुलपति ओमप्रकाश मिश्रले नै दिएका हुन्।
यहाँबाट बिदाई भएर मिश्रले जादवपुर विश्वविद्यालयमा भार सम्भालने छन्। यसको अहिले जनकारी गराएको छैन।