भागोप्रमो खरसाङ गिध्द पहाड़ समष्टिको प्रार्थी अनित थापाको पक्षमा गिध्द पहाड़मा चुनावी सभा सम्पन्न

IMG-20220622-WA0143.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले तीनधारेमा सम्पन्न जनसभालाई सम्बोधन गरेर घुम्ती कमानमा पनि आफ्ना समर्थकहरू र स्थानीय जनताहरूलाई भेट गरी खरसाङको गिध्द पहाड़मा आएर चुनावी सभालाई पनि सम्बोधन गरेका छन्। भागोप्रमो अध्यक्ष अनित थापा आफ्नो समष्टी २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टि अन्तर्गत गिध्द पहाड़स्थित सार्वजनिक भवनमा सम्पन्न चुनावी सभामा पनि सामेल भएका थिए। उक्त चुनावी सभा खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङको अध्यक्षता र समष्टी सचिव भक्तिमान तामाङको सञ्चालनमा सम्पन्न भएको थियो। सभामा स्वागत सम्भाषण गिध्द पहाड़ बुथ कमिटीको को-अर्डिनेटर रुपेन छेत्रीले राखेका थिए भने उक्त चुनावी सभालाई माध्यमिक शिक्षक संगठन खरसाङ महकुमा समितिको सचिव निमा लेप्चा, नारी शक्ति खरसाङ महकुमा समितिको सांगठनिक सचिव मोना स्याङदेन खान आदिले वक्तव्य दिएका थिए। यसै चुनावी सभामा खरसाङको बरबुङ बस्ती र गौरी शंकर चियाबारीबाट युवाहरू भागोप्रमोमा सामेल भएका छन्। सामेल हुने सबैलाई भागोप्रमो अध्यक्ष एवं खरसाङ गिध्द पहाड़ समष्टिको प्रार्थी अनित थापाको बाहुलीबाट खदार्पण गरी स्वागत गरिएको थियो। यस चुनावी सभालाई सम्बोधन गर्दै प्रार्थी एंव भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले तीनधारेको कुरालाई नै दोहोराउँदै आगामी २४ र २५ जूनको राती मैनबत्ती सबैले बालिदिने निवेदन गरे भने आगामी २४ जूनको दिन घुमदेखि ८ किलोमीटरको पैदल यात्रा गर्ने घोषणा गरे । थापाले यसपालीको भोटमा अनित थापालाई नसोच्नु हवस तर गिध्देको विकासलाई सोचेर भोट दिने अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement