सिलगढ़ीः खोरीबाड़ीमा भीषण सड़क दुर्घटनामा एक यात्रीको मृत्यु भएको छ जबकि अन्य पाँच घाइते भएका छन्। घटना बिहीवार बिहान प्रसादुजोतमा एशियन हाईवे-२ मा भएको हो। मृतकको नाम गंगा प्रसाद सारू बताइएको छ। मृतक भारतीय सेनाको जवान थियो। घाइतेहरूको नाम बहादुर छेत्री, परलाथ लामिछाने, उषापन्थी शर्मा, तपन निरौला र कोईराम शर्मा बताइएको छ। सबै घाइतेहरू नेपाल र अरूणाचल प्रदेशका निवासी हुन्।
स्थानीय मानिसहरू अनुसार, यात्रीहरू लिएर गईऱहेको एक चार चक्के वाहनको एशियन हाईवे-२ प्रसादुजोत क्षेत्रमा एउटा चक्का खोलियो। जसबाट वाहन अनियन्त्रित भएर सड़कमा गईऱहेको एउटा ट्रेक्टरसित ठोकियो। दुर्घटनामा वाहनमा सवार एक यात्रीको घटनास्थलमै मृत्यु भयो जबकि पाँच यात्री घाइते भए। घाइतेहरूलाई स्थानीय मानिसहरूले नक्सलबाड़ी अस्पताल पठाए। जहाँबाट सबैलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा स्थानान्तरित गरियो। घटनाको सूचना पाएर खोरीबाड़ी थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसले पूरा घटनाको जाँच शुरू गरेको छ।
-हिस