जोरबोङलो सुकेपोखरी खण्ड कार्यलायमा स्वनिर्भर समुह दिवस पालन

00-1-IMG-20230518-WA0189

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्ड विकास कार्यलायअन्तर्गत १६ वटा ग्राम पन्चायतको स्वनिर्भर समुहलाई लिएर स्वनिर्भर समुह दिवस पालन गरियो। खण्ड विकास अधिकारी सामीरूल इस्लामको अध्यक्षमा स्वनिर्भर समुह दिवस एक कार्यक्रम बिज पालन गरियो। १६ ग्राम पन्चायतअन्तर्गत रहेका सबै ग्राम संसदका स्वनिर्भर समुहका सदस्यहरूको उपस्थितिमा दिवस पालन गरियो। खण्ड विकास कार्यालय स्वनिर्भर समुह विभागय सुपरभाईजर रश्मी प्रसादद्वारा संचालन गरिएको कार्यक्रममा स्वनिर्भर समुह बारे अवगत गराउदै स्वनिर्भर समुह संचालन, गठन प्रक्रिया, कार्यप्रणाली सगै स्वनिर्भर समुहको भूमिका अनि उदेश्य माथि कार्यक्रममा थप जानकारी गराएका छन्। संयुक्त खण्ड विकास अधिकारी देवदत्त ब्यानर्जी, खण्ड विकास कार्यालय विभागीय अधिकारी, कर्मचारी अनि १६ ग्राम पन्चायत सचिवलगायत ग्राम पन्चायत कर्मचारी ,स्थानीय गाउँवसीहरुको कार्यक्रममा उपस्थितति रहेको थियो।

About Author

Advertisement