जोरहाट: जोरहाट जिल्ला टियकमा आज बिहानै भएको सड़क दुर्घटनामा ओएनजीसीमा काम गर्ने एक अधिकारीको मृत्यु भएको छ। मृतकको पहिचान गुवाहाटीको बामुनी मैदाम निवासी भास्कर ज्योति बर्मनको रूपमा गरिएको छ। दुर्घटना टियकमा राष्ट्रिय राजमार्ग-३७ मा भयो। यो दुर्घटना त्यस समय भयो जब उनी जोरहाट गईऱहेका थिए। जुन ठाउँमा फोर लेन सड़क विस्तारको काम चलिरहेको थियो, त्यहाँ कुनै साइनबोर्ड नभएको कारण यो दुर्घटना घटेको स्थानीय मानिसहरूले आऱोप लगाएका छन्। पुलिसअनुसार, भास्कर ज्योति बर्मन टोयोटा एटिका कारमा गईऱहेका थिए, यहीबीच कार अनियन्त्रित भएर नदीमा पल्टिन्दा उनको मृत्यु भयो। सूचन पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई वाहनबाट बाहिर निकालेर पोस्टमार्टमको निम्ति जोरहाट मेडिकल कलेज एण्ड अस्पतालमा पठाएको छ। -हिस









