हैलाकान्दीमा ४ हजार याबा ट्याबलेट्स जफत, दुई ड्रग्स तस्कर पक्राउ

Hand-Cuff-3-2

हैलाकान्दी: मादक पदार्थहरू विरूद्ध हैलाकान्दी पुलिसको कारबाही जारी छ। यही क्रममा हिजो राति ४ हजार नशालु याबा ट्याबलेट र मारूति कारका साथ दुई ड्रग्स तस्करलाई पुलिसले पक्राउ गऱ्यो। पुलिसले दिएको जानकारीअनुसार, ड्रग्स तस्करहरूको पहिचान फरीजउद्दीन लस्कर र रहमत अली मजूमदारको रूपमा गरिएको छ। हिजो राति हैलाकान्दी सदर पुलिस थानाअन्तर्गत बाईपासमा नरेनपुरबाट पुलिसले अभियान चलाउँदै भारी मात्रामा याबा ट्याबलेट्स जफत गऱ्यो।

हैलाकान्दीको सदर पुलिस सर्कलका प्रभारी अधिकारीको नेतृत्वम छापामारीमा यी 4 हजार याबा ट्याबलेट्स र एक मारूति कार जफत गरियो। हैलाकान्दीका अतिरिक्त पुलिस अधीक्षकले यस सम्बन्धमा जानकारी गराए, जफत गरिएको याबा ट्याबलेट्सको बजार मूल्य लगभग २० लाख रूपियाँ छ। अहिले हैलाकान्दी पुलिसले दुवै ड्रग्स तस्करसित सोधपुछ गरिरहेछ। -हिस   

About Author

Advertisement