टुङने गाउँ एंव कार्की गाउँको गाउँलेहरूको आशा र भरोसा अब अजय एडवडर्स
दार्जीलिङ: आफुहरूले लिएको निर्णयलाई सही रहेको टुङने गाउँ एंव कार्की गाउँको गाउँलेहरूले ठानेका छन। दार्जीलिङ पार्वतीय क्षेत्रमा धेरै राजनैतिक दलहरूको गठन भयो अनि धेरै नेताहरू जन्मिए तर चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत पर्ने टुङने गाउँ एंव कार्की गाउँमाथि कुनै राजनैतिक पार्टी र नेता हरूको नजर पर्न सकेको छैन। टुङने गाउँ एंव कार्की गाउँमा चालिस परिवारहरू बसोबासो गर्छन। यस गाउँमा गाडी हिडने बाटो नभएको कारणले गर्दा स्थानीय गाउँलेहरू धेरै प्रकारको समस्याहरू भोग्दै आई रहेका छन। सुत्केरी पिडाले महिलाहरूको मृत्यु समेत भई सकेको स्थानीय गाउँलेहरूले बताउँछन्। गाउँलेहरूले पहाडको राजनैतिक दलहरू एंव नेताहरूलाई गाउँसम्म पूग्ने बाटोको निर्माण गरी दिने धेरै पटक विन्ति विछ्याउँदै आई रहेको भएता पनि नेताहरूले गाउँलेहरूको अनुरोध लाई एक कानले सुनेर अर्को कानले फाल्ने जस्ता कार्यहरू गर्दै आईरहेका थिए। गत केही महिना अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्सले टुङने गाउँ, कार्की गाउँ आदि क्षेत्रको भ्रमण गरेको थियो। त्यस अवधि स्थानीय गाउँलेहरूले अध्यक्ष अजय एडवडर्स समक्ष बाटो निर्माणको गुहार लगाउँदा उनले तुरून्तै जेसीपी प्रदान गरेका थिए।एक महिना जति जेसीपीले बाटोको खनन कार्य गरेपछि अहिले टुङने गाउँ एंव कार्की गाउँ पूग्नेको बाटोको खनन कार्य पूरा भएको छ। बाटोको खनन कार्य पूरा भएको देखपछि भागोप्रमोले क्षेत्रिय सभासद सन्दीप छेत्रीको तर्फबाट एक सय बेग सिमेन्ट प्रदान गरेका थिए।तर टुङने गाउँ एंव कार्की गाउँको गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्सको विशाल हद्रय देखेर गाउँलेहरू सवैले हाम्रो पार्टीमा गत केही दिन अघि समर्थन जनाएका थिए। टुङने गाउँ एंव कार्की गाउँको गाउँलेहरूले हाम्रो पार्टीमा समर्थन जनाएको थाहा पाएपछि एकाविहानै प्रदान गरेको सिमेन्ट सभासद सन्दीप छेत्री र भागोप्रमोको क्षेत्रिय कार्यकर्ता बन्टी गुरूङले प्रदान गरी सकेको सिमेन्टहरू फिर्ता लिएर गए। निर्माण भई सकेको बाटोको एनओसी प्रदान नगर्ने समेत धम्की दिँदै आएको स्थानीय गाउँलेहरूले बताएका छन। जीटीए सभाको चूनावमा चुङथुङ मेरीबुङ तामसाङ समष्टिबाट हाम्रो पार्टीको पक्षबाट बन्टी गुरूङ चूनावी मैदानमा ओर्लिएका थिए अनि त्यस अवधि बन्टी गुरूङले डेमोक्रेसी र जन प्रतिनिधिको महत्वहरू जनतालाई बुझाउने र सम्झाउने गर्थे तर आज उनै बन्टी गुरूङले प्रदान गरी सकेको सिमेन्ट फिर्ता गर्नै पर्छ भन्दै निर्धो जनता जर्नादाहरू माथि धम्काउने कामहरू गर्दैछ यो भन्दा ठूलो दुर्भाग्य शायद अरू केही हुन सक्दैन। सन्दीप छेत्री भागोप्रमोको कार्यकर्ता भएता पनि उनी यस क्षेत्रका जन प्रतिनिधि हुन, जब जन प्रतिनिधिले आफ्नो गरिमा नबुझेर,जनता लाई सताउँछ भने पहाडमा गणतन्त्रको ढोल पिटनेहरूको लागि यो भन्दा ठूलो दुर्भाग्य शायद अरू हुनै सक्दैन। भागोप्रमो कार्यकर्ता बन्टी गुरूङ अनि सभासद सन्दीप छेत्रीले प्रदान गरी सकेको सिमेन्ट गाउँलेहरू बाट फिर्ता लिएपछि गाउँलेहरू स्वयम बाटो निर्माणको कार्यमा लागि परेका छन।बाटोको निर्माणको निम्ति जमीन प्रदान गर्ने आर.वी. राई स्वयम पनि बाटोको निर्माण कार्यमा लागि परेका छन। स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष सिमेन्ट लगायत अन्य जरूरी सर समाग्रीहरूको सहयोगको आपेक्ष राखेका छन साथै जेसीपी पनि प्रदान गर्ने गुहार लगाएका छन।










