सिद्धारमैया र डीके शिवकुमार कांग्रेस नेतृत्वको फार्मूलामा सहमत

00-1-Congress-Flag

नयाँ दिल्ली: कांग्रेस नेतृत्वको फार्मूलामा कर्नाटकका मुख्यमन्त्री पदका दावेदारद्वय सिद्धारमैया र डीके शिवकुमार सहमत भए छन्। सो जानकारी कांग्रेसका स्रोतबाट थाहा लागेको छ। सिद्धारमैयालाई मुख्यमन्त्री अनि डीके शिवकुमारलाई केही ठूला मन्त्रालयहरूसहित उपमुख्यमन्त्री पद दिइनेछ। यसको आधिकारिक घोषणा आज साँझ बेंगलुरूमा हुनसक्छ। शपथ ग्रहण समारोह आउँदो २० मईमा आयोजना हुने जसो तयारी शुरू भइसकेको छ।

यसबीच प्राप्त सूचनाअनुसार कर्नाटक कांग्रेसका अध्यक्ष डीके शिवकुमार र पूर्व मुख्यमन्त्री सिद्धारमैयाको आवास बाहिर सुरक्षाबलहरूलाई तैनाथ गरिएको छ। उल्लेख्य, बुधबार कांग्रेस नेता रणदीप सिंह सुरजेवालाले भनेका थिए, कर्नाटकमाथि मन्थन जारी छ। पार्टीले फसेला लिएपछि मीडियासित आधिकारिक रूपमा साझा गरिनेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement