सिटिजन एक्सन पार्टी दक्षिण सिक्किमको समन्वयन बैठक नाम्चीमा सम्पन्न

15-02-07-NAM.jpg

नाम्ची: सिटिजन एक्सन पार्टी-सिक्किमको दक्षिण जिल्लाको जिल्ला समन्वयन बैठक नाम्चीस्थित पार्टी कार्यालयमा जिल्ला प्रभारी डीबी स्टेपन गुरूङको अध्यक्षतामा बस्यो। सभाले गत ११ मई २०२३ को दिन पार्टीको शीर्ष समितिले पारित गरेका ३ प्रमुख विषयमाथि छलफल गऱ्यो। सो प्रस्तावमाथि प्रकाश पार्दै दक्षिण जिल्ला अध्यक्ष किरन जिम्बाले सिक्किममा वर्तमान सरकारको हेलचेक्र्याइँ र बाहिरी शक्तिहरूसँग साँठगाँठ गरेको कारणले सिक्किमे जनताको शीर झुकेको ठहर गर्दै सिक्किमका भावी पिँढीलाई सुरक्षा दिन सक्ने पार्टी भनेको सिटिजन एक्सन पार्टी-सिक्किम हो भनी बताए। सिक्किम राज्यमा भइरहेको व्यापक भ्रष्ट्राचारका मुद्दाहरू पार्टीले एक-एक गरेर उजागर गर्ने र आउने दिनहरूमा पार्टीले जन-जनमाप्रचार-प्रसार गरी जनतालाई जगाउने काम गर्ने बारेमा पनि तिनले जानकारी गराए।

विगत र वर्तमान दुवै सरकारलाई केही समुहको शक्तिले सञ्चालन गर्ने भएकोले गर्दा सिक्किमे जनताले दुःख पाउनु परेको कुरा गर्दै जिम्बाले सिक्किमका थाँतीमा रहेका मुद्दाहरूलाई टुङ्गो लगाउने हिम्मत र आँट केवल सीएपी- पार्टीमा रहेकोले अब सिक्किमे जनजनले पार्टीको अभियानलाई मन पराउँदै गरेको र सीएपी सिक्किमका कार्यकर्ताहरूले जनतालाई समेट्ने काम गर्नमा जनसम्पर्क गर्नुपर्ने आह्वान पनि गरे। कार्यक्रममा पार्टीका कार्यकारिणी अध्यक्ष डीबी चौहानले पार्यवेक्षकको रूपमा उपस्थित रहेर कार्यकर्ताहरूलाई सङ्गठनको विषयमा विशेष कुराकानी गर्दै भावी कार्यक्रमको बारेमा चर्चा र सल्लाह दिए। प्रकाश राईले सञ्चालन गरेको सभामा पार्टीमा विभिन्न पदमा रहेका राज्य तथा जिल्लाका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको सिटिजन एक्सन पार्टी-सिक्किम प्रवक्ता प्रकाश पराजुलीले जानकारी दिएका छन्।

About Author

Advertisement