तृणमूलद्वारा पीएफ नोटिफिकेशनमा मिति फिर्ता लिनुपर्ने दाबी

IMG-20230408-WA0112.jpg

कालचिनीः विगत २०२२ को ९ दिसम्बरदेखि १३ दिसम्बरसम्म तृणमूल तथा आईएनटीटीयूसी अनुमोदित तृणमूल चियाबारी श्रमिक यूनियनको तत्वावधानमा डुवर्सको अलिपुरद्वार र जलपाइगढी जिल्लालाई समेटदै पूर्वमा सुनकोश चियाबारीदेखि पश्चिममा एलेनबारीसम्मका क्षेत्रलाई पैदलमार्च मार्फत जलपाइगढी स्थित पीएफ कार्यालयको घेराउ औ ज्ञापन दिईने कार्यक्रम गरीएको थियो। यसै आन्दोलनको परिणाममा केन्द्रको श्रम अनि इम्प्लाइज मन्त्रालयबाट पीएफ कार्यालयमा गत १८ अप्रेलको दिन जारी गरीएको नोटिफिकेशनमा आधार सिडिङको मिति आगामी ३१ मार्च २०२४ सम्म वृद्धि गराएकोमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकले मंगलबार पत्रकार सम्मेलन गर्दै आधार सिडिङको मिति फिर्ता लिनुपर्ने र यसको निम्ति क्षेत्रको सांसद तथा मन्त्रीले काम गर्नुपर्ने माग गरेका छन्।
पत्रकारहरूसित कुराकानी गर्दै तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बढ़ाईकले चियाबारीको श्रमिकहरूको पीएफ रकम पाउन आधार अपरिहार्य बनाएकोले टीसीबीएसयूको ब्यानरमा गत दिसम्बर २०२२ मा ५ दिने पैदलमार्च गरेको थियो यसैको फलस्वरूप पीएफमा आधार सिडिङको मिति वृद्धि गर्ने नीति विरुद्ध आफूहरू रहेको जनाएका छन्। डुवर्सका चियाकमानको श्रमिकहरूले दिनरात खटेर जमा भएको पीएफ रकम निकाल्नु पर्दा केन्द्र सरकारले लागु गरेको आधार सिडिङले धेरै अवकाश ग्रहण गरेका श्रमिकहरूले पीएफ नपाएको र कोई त पीएफ रुपियाँ हेर्न नपाई निधन भएको दुखद घटनाले तृणमूल सांसद तथा महासचिव अभिषेक ब्यानर्जीको निर्देश एवम् मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले तृणमूल चियाबारी श्रमिक यूनियनको आह्वानमा विगत २०२२ सालको ९ दिसम्बरदेखि १३ दिसम्बरसम्म पीएफ अफिस घेराउ कर्मसूची लिएर पदयात्रा गरेकोले आज केन्द्रको श्रम मन्त्रालयबाट प्लान्टेशन सेक्टरमा काम गर्ने श्रमिकहरूको आधार सिडिङको मिति आगामी २०२४ सम्म राखेको नोटिफिकेशन जारी गरिएको तर यो मिति तय फिर्ता लिनुपर्ने नत्र पुनः तृणमूलले वृहत्तर आन्दोलनको रुपरेखा तयार गर्ने जनाएका छन्।
तिनले भोटर कार्ड बन्न अघि १९९८ अघि चियाकमानको श्रमिकहरूले कमानको प्रबन्धनपक्षले दिएको प्रमाणपत्रको आधारमा पीएफ र ग्रेच्युटी पाउँदै आईरहेको तर २००४ सालदेखि यो आधार अनिवार्य गराएर केन्द्र सरकारले श्रमिकहरूलाई आफ्नै पीएफ रुपियाँ पाउन पनि गाह्रो बनाएकोले आफूहरू आधार अनिवार्यताको विरोधमा रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement