तृणमूल युवा कंग्रेसको आयोजनामा स्वेच्छा रक्तदान शिविर

d4d4b66d-4644-460d-9d76-6111d04c6199

कालचिनीः अस्पतालको ब्लड ब्याङ्कमा रगतको अभाव र गाउँले रोगी परिवारलाई कोही बेला हठात खुनको ज़रुरत पर्ने कुरालाई ध्यानमा राख्दै मङ्गलबार कालचिनी ब्लक तृणमूल युवा कंग्रेसको आयोजनामा कालचिनी स्थित सावित्री धर्मशालामा स्वेच्छा रक्तदान शिविर सम्पन्न भयो। सो शिविरको उद्घाटन कालचिनी थाना प्रभारी टीएन लामाले गरेको थियो भने अन्यान्य विशिष्ट अतिथिहरुमा तृणमूल युवा कंग्रेसको अलिपुरद्वार जिल्ला सभापति राजकमल भगत, तृणमूल महिला कंग्रेसको कालचिनी ब्लक सभापति चन्द्रा नार्जीनारी, कालचिनी ब्लक युवा सभापति पवन योल्मो, तृणमूल नेतागण रञ्जित घोष, असीम पाखरीन, नेपाल बर्मन, प्रेम लामा, बिजय साईबो आदिको मुख्य उपस्थिति रहेको थियो।
शिविरमा तृणमूल युवा कंग्रेसको सदस्यहरूले बढ़ेर चढ़ेर अंसग्रहण गर्दै रक्तदान गरेको थियो। शिविर सम्बन्धमा युवा सभापति पवन योल्मोले रगतको कुनै पनि समय आवश्यकता पर्न जान्छ यसैले पनि ब्लड ब्याङ्कमा रगतको अभाव हुन नदिन यो शिविर आयोजित भएको जनाएका छन्। यदि कसैलाई पनि रगतको आवश्यकता परेको खण्डमा आफूहरुसित सम्पर्क गर्ने निवेदन पनि युवा सभापति पवन योल्मोले जनाएका छन्। उक्त रक्तदान शिविरमा अतिथिको रुपमा आएका तृणमूल युवा कंग्रेसको अलिपुरद्वार जिल्ला सभापति राजकमल भगतले यस्तो शिविर माँ, माटी र मानुसको दल गर्ने सबै स्तरबाट भईरहेको र जनताको आवश्यकतालाई नजीकबाट तृणमूल कार्यकर्ताहरुले हेर्दै आईरहेको बताउँदै कुनै पनि तप्का र वर्गको मानिसलाई आफूहरू सेवा पुऱ्याउन तत्पर रहेको जनाएका छन्।

About Author

Advertisement