प्राथमिक शिक्षक नौकरी रद्द गर्ने आदेशलाई हाईकोर्टले संशोधित गऱ्यो

gbp-cpa0026545.jpg

कोलकाताः कलकत्ता हाईकोर्टका न्यायाधीश जस्टिस अभिजीत गांगुलीले ३६ हजार प्राथमिक शिक्षकहरूको नौकरी रद्द गर्ने आदेश दिएका थिए। उनले भनेका थिए, यी सबै अप्रशिक्षित हुन् यसैले यिनीहरूको नौकरी रद्द गरिनेछ। तर मंगलवार उनले आफ्नो आदेशमा संशोधन गरेका छन्।

उनले भने, अप्रशिक्षित मानिसहरूको संख्या ३६ हजार नभएर लगभग ३२ हजार छ, यसैले बाकीको नौकरी यथावत रहनेछ। टाइपोग्राफिकल गलतीको कारण ३६ हजारको नौकरी रद्द गर्ने आदेश जारी भएको थियो। नौकरी गुमाउनेहरूको संख्या लगभग ३२ हजार हुनेछ। यस बाहेक उनले अझ् एउटा संशोधन गरे। नियुक्ति प्यानलमा सबैभन्दा कम नम्बर १४.१९१ लेखिएको थियो, जुन १३.७९६ हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement