तीन करोड़ रूपियाँको मादक पदार्थ जफत, तीन पक्राउ

IMG-20230408-WA0112.jpg

हैलाकान्दीः जमीरा बकतल गाउँमा पुलिसले छापा मारेर ३३२ ग्राम ड्रग्स जफत गरेको छ। पुलिसले यसको दर तीन करोड़ रूपियाँ मापेको छ। पुलिसले तस्करीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

जानकारी अनुसार, एक ठोस सूचनाको आधारमा जमीरा पुलिस सर्कलका प्रभारी अधिकारी मजरूल इस्लामको नेतृत्वमा पुलिस टीमले जमीरा बकतल गाउँमा छापा मारेर भारी मात्रामा मादक पदार्थ जफत गऱ्यो। पुलिसले यस मामिलामा नजरूल हुसैन बरभुइंया, विक्रम रियाङ र अजमल हुसैन बरभुइंयालाई पक्राउ गरेको छ। यिनीहरूदेखि ३३२ ग्राम ड्रग्स उद्धार भएको छ। पुलिस अनुसार, ड्रग्सको दर तीन करोड़ रूपियाँ छ। जमीरा पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी तीनै आरोपितसित सोधपुछ गरिरहेछ।

-हिस

About Author

Advertisement