गोरुबथान। २१ जुन अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाइने कुरो सर्वविदित छ। आजको दिन जिल्ला कानुनी सेवा प्राधिकरण, गोरुबथान न्यायलयको संयुक्त आयोजनामा “अन्तराष्ट्रिय योग दिवस”- को पालन गरियो। योग दिवसको उपलक्ष्यमा न्यायलयको पक्षमा जुडिसियल मेजिस्ट्रेटको उपस्थिति रहेको थियो। यसका साथै अधिकांश कमचारीहरूको उपस्थितिमा योग दिवस पालन गरियो। यस अवसरमा जिल्ला कानुनी सेवा प्राधिकरणको तर्फबाट पी.एल.भी. राजु सार्की एवं उज्ज्वल राईको पनि उपस्थिति रहेको थियो। योगले मानिसहरूमा रोग हटाउनुमात्र नभएर मानिसमा स्फुर्ति र रोगप्रतिरोधात्मक क्षमतासम्म बडाउने कुरो चर्चामा रहेको छ। त्यसै कारण नै विश्वमा नै योगलाई आत्मसात गरिरहेको कुरो हामी बुझ्न सक्छौ।