उच्च माध्यमिक परीक्षाका मेघावी विद्यार्थीगणलाई कञ्चनजङ्गा संघद्वारा सम्मान

IMG-20220621-WA0232.jpg

गोरुबथान: यस वर्षको उच्च माध्यमिक परीक्षामा ७०प्रतिशतदेखि बेसी अङ्क ल्याउने विद्यार्थीगणलाई कञ्चनजङ्गा संघद्वारा सम्वर्द्धना गरियो।एक भव्य कार्यक्रमको आयोजना गरी नौजना विद्यार्थीगणलाई अम्बियोक बस्ती तथा चियाबारीका विशिष्ट व्यक्तित्वहरूको बाहुलीबाट सम्मान पत्र प्रदान गरियो। यसरी सम्वर्द्धित विद्यार्थीहरूमा क्रमैले आकृति राई, सलिना छेत्री, प्रितिका तामाङ, रचना मोक्तान,सृजना राई, प्रिति मगर, अनुका राई, प्रिया राई, छिरिङ्ग दोर्जी तामाङ थिए। यसै कार्यक्रममा अम्बियोक प्राथमिक पाठशालाको नव प्रधान अध्यापक जितेन्द्र दर्जीलाई पनि संघको तर्फबाट शुभकामना पत्र प्रदान गरियो। यस कार्यक्रमको सभापतिको अभिभारा कालु गुरुङले वहन गरेका थिए भने अतिथिगणमा गोपाल योन्जन सर, अमलमाया छेत्री, धनबहादुर गुरुङ, अरुण कुमार राई, सहित छेत्री, बिनोद मोक्तान, बिराज मोक्तान,बिजय ब्लोन,सौराज राई,अजित कामी,पुर्णबहादुर छेत्री,योगेस गुरुङको उपस्थिति रहेको थियो। स साना नानीहरू आस्था छेत्री र छिमी तामाङद्वारा स्वागत नृत्यमा नेपाली नृत्य प्रस्तुत गरेका थिए। यसै गरी अन्य बाल बालिकाले गीत ,नृत्यहरू प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाइ दिए। सम्पुर्ण कार्यक्रमलाई रितुराज छेत्रीले सन्चालन गरेका थिए।

About Author

Advertisement