ला लीगाः २७औं पल्ट च्याम्पियन बन्यो बार्सिलोना

IMG-20230515-WA0130.jpg

१५ मईः स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाले २७औं पल्ट खिताब जित्यो। आइतवार राति एस्पानयोल विरुद्ध ४-२-ले जीत हासिल गर्नको साथै बार्सिलोना ला लीगा च्याम्पियन बन्यो। यो टीमको गत चार सालमा पहिलो ला लीगा खिताब हो। बार्सिलोनाले यसअघि अन्तिमपल्ट २०१९-मा खिताब जितेको थियो। म्याच सकिएपछि बार्सिलोनाका खेलाड़ीहरूले मैदानमा खुशीयाली चाहिँ मनाउन सकेनन्। म्याच हारेर निराश होम टीमका समर्थकहरूले मैदानमा पसेर बार्सिलोनाका खेलाड़ीहरूलाई बाहिर खेदाए। एस्पानयोलको होम ग्राउण्डमा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाको यस जीतमा रोबर्ट लेवाण्डोस्कीले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। पोल्याण्डका यस स्टार स्ट्राईकरले म्याचको ११औं र ४०औं मिनटमा २ गोल गरे। यसबाहेक अलाहान्द्रो बाल्डेले २०औं र जुलेस कौण्डेले ५३औं मिनटमा गोल गरे। यसरी एस्पानयोलबाट जाभी पाउडोले ७३औं र जोसेलुले स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरे। ला लीगा च्याम्पियन बन्ने बार्सिलोनालाई यस म्याचमा जीतको आवश्यकता थियो अनि टीम ३४ वटा म्याचमा ८५ पोइण्ट्सको साथ पोइण्ट्स टेबलको शीर्ष स्थानमा रहेको छ। बार्सिलोनासँग अहिले दोस्रो स्थानमा रहने रियल म्याड्रिडभन्दा १४ पोइण्ट्स अधिक रहेको छ।

यसबीच एट्लेटिको म्याड्रिडले चाहिँ एल्चे विरुद्ध ०-१-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा ४९ प्रतिशत पोजेशनको साथ खेल्ने एल्चेबाट फिडेल चावेस डे ला टोर्रेले ४१औं मिनटमा गोल गरे। यस हारपछि एट्लेटिको म्याड्रिड ६९ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहन पुग्यो। यसरी एल्चे १९ पोइण्ट्सको साथ २०औं स्थानमा रहेको छ। रेलिगेशन हुने तर्खरमा रहेको एल्चेको यो जारी सीजनमा केवल चौथो जीत हो। यसरी नै अन्य एउटा म्याचमा सेविलेले भाल्लाडोलिडलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट राफा मिर, पापु गोमेज र जीसस मेनुएल कोरोनाले गोल गरे। सेविले ४७ पोइण्ट्सको साथ दशौं स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *