प्रीमियर लीगः आर्सनलको निराशाजनक हारपछि खिताबको संघारमा पुग्यो म्यानचेष्टर सिटी

IMG-20230515-WA0108.jpg

१५ मईः ईंग्लिश प्रीमियर लीगको जारी सीजनमा म्यानचेष्टर सिटी खिताब जित्ने संघारमा पुग्यो। आइतवार राति लीग च्याम्पियन बन्ने रेसमा सामेल दुई प्रमुख टीममा सिटीले आफ्नो म्याच जित्यो भने आर्सनल चाहिँ निराशाजनक हारको सम्मुखीन भयो। यसैकारण सिटीसँग आउँदो हप्ता आफ्नो म्याच जितेर ६ सीजनमा पाँचौंपल्ट प्रीमियर लीग च्याम्पियन बन्ने मौका रहनेछ। सीजनको शुरुदेखि नै सिटीलाई कड़ा चुनौती दिने आर्सनलले आइतवार राति ब्राइटन विरुद्ध ०-३-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ४० प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले म्याचमा विशेष छाप छोड़्न सकेन। ब्राइटनको तर्फबाट म्याचमा जूलियो एनसिसोले ५१औं, डेनिज उण्डवले ८६औं र पेरविस एस्टुपिनानले स्टपेज टाइमको छैटौं मिनटमा गोल गरे। यस म्याचपछि प्रीमियर लीग टेबलको दोस्रो स्थानमा रहने आर्सनलको ३६ वटा म्याचमा ८१ पोइण्ट्स भयो। अहिले आर्सनलभन्दा एउटा म्याच कम्ती खेलेर शीर्ष स्थानमा रहने सिटीसँग ८५ पोइण्ट्स रहेको छ। यसरी ब्राइटन ३४ वटा म्याचमा ५८ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ।

यसरी म्यानचेष्टर सिटीले एभर्टन विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। एभर्टनको होम ग्राउण्ड गूडिसन पार्कमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट इल्के गुण्डोगनले ३७औं र ५१औं मिनटमा २ गोल गरे। अन्य एउटा गोल एर्लिंग हालाण्डले ३९औं मिनटमा छिराए। पेप ग्वार्डिओलाको टीमले अब आउँदो म्याचमा चेल्सीलाई पराजित गर्न सके दुईवटा म्याच बाँकी रहँदै प्रीमियर लीग खिताब हासिल गर्नेछ। प्रीमियर लीगको अन्य एउटा म्याचमा ब्रेण्टफोर्डले वेष्ट ह्यामलाई २-०-ले पराजित गऱ्यो। ब्रेण्टफोर्ड अहिले ३६ वटा म्याचमा ५३ पोइण्ट्सको साथ नवौं स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *