आवश्यकमन्द परिवारलाई जीर वितरण

IMG-20220621-WA0231.jpg

कालचिनी। कुमारग्राम खण्डको तुरतुरी खण्ड क्षेत्रको प्रायः ६५० परिवारलाई आज रासन जीआर र नगद जीआर वितरण गरिएको कुमारग्राम बीडीओ सुत्रले जनाएका छन्। आज उक्त अवसरमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाईकको उपस्थितिमा तुरतुरी खण्डको लिम्बु बस्तीका प्रायः १५० जना परिवारलाई १२० गरेर नगद जीआर एवम् तुरतुरी क्षेत्रको प्रायः ५०० जना परिवारलाई १२ किलोग्राम गरेर जीआर चामल वितरण गरिएको थियो।
उक्त अवसरमा कुमारग्राम बीडीओ मिहिर कर्मकार तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाईक एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो। आज उक्त कार्यक्रम पश्चात तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाईक अलिपुरद्वार माधवमोड क्षेत्रमा आएर समर्थकहरू साथमा आगामी २१ जुलाईको दिन शहीद दिवस कार्यक्रममा सहभागी बन्ने देवाल लेखनमा सहभागी बनेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement